घरभाडा छुट गरिदिन आग्रह
विराटनगर । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी९लकडाउन० जारी रहँदा गरीब, विपन्न परिवार मात्र होइन सीपलाई पेशा बनाउने व्यवसायि पनि समस्यामा पर्न थालेका छन् । लकडाउनको आज २६ औँदिन पुगेको छ । सीपलाई पेशा बनाइ घर भाडामा लिइ व्यावसाय सञ्चालन गर्नेहरु दैनिक आय गर्नबाट वञ्चित हुनुपर्दा परिवार पाल्न र घर धनीलाई भाडा बुझाउनु पर्ने कारणले उनीहरु समस्यामा परेका हुन् ।
विराटनगर महानगरपालिकामा भित्र २०० भन्दा वढी कपाल दाह्री काट्ने सैलुन रहेका बताइको छ । अधिकांश लकडाउनका कारण बन्द छन् । सैलुन सञ्चालकहरु ‘घर भाडा कसरी तिर्ने’ भन्ने चिन्तामा छट्पटिन थालेका यहाँस्थित जनपथका मेकप हेयर ड्रेसर सैलुनका सञ्चालक शिवशङ्कर ठाकुरले जानकारी दिए । उनले सामान्य अवस्थामा दैनिक आर्जन गरेको रकमबाट घर भाडा बुझाएर आफ्नो परिवारको दैनिक गुजरा चलिरहेको र अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताए ।
स्टार सैलुनका सञ्चालक राजेश ठाकुरले आफूले मासिक रुपमा रु.१० हजार घरभाडा लिएर सैलुन सञ्चालन गर्दै हुँदा बन्दाबन्दीको समयमा घर भाडा नलिइदिन घरधनिसंँग आग्रह गरे। यहाँका सैलुनसञ्चालकहरुले रु।५ हजारदेखि रु।२५ हजार सम्म घर भाडा तिर्ने गरेका बताइएको छ । उनीहरुले कपाल काटेको रु।८०, दाह्री काटेको रु।५०, मालिस गराएको रु।१५०, अन्य फेस मसाज, कपाल कलर र फेसियल गरे बापत ग्राहक हेरी हेरी रकम लिने गरेको बताउँछन ।
पुरुष सैलुन मात्र नभएर महिलाहरुको लागि पनि सञ्चालन गरिएको ब्युटिपार्लर पनि बन्द छन् । ब्युटिपार्लरमा प्रायः महिला एवं युवतीहरु जाने उनीहरु आफ्ना सौन्दर्यतामा हजारौँ खर्च गरिरहेको कम ठप्प हुनुले ब्युटिपार्लर सञ्चालिकाहरु पनि चिन्तामा रहेका छन् । ती व्यावसायीहरु खास गरी घर भाडा तिर्न समस्या रहेको र लकडाउन अवधिभरको घर धनीले बहाल नलिन आग्रह गरेका छन् ।
कपाल र दाह्री सैलुनमा काट्नेबानी लागेका मानिसहरुले पनि अहिले दाह्री त घरमै काटेको पाइन्छ । ‘कुन सैलुन खुल्ला छन्’ खोज्दै हिड्ने गरेको स्थानीय टीका कार्कीले बताउनुभयो । स्थानीय विजया दाहालले ब्युटिपार्लरमा जान नपाएर समस्यामा परेको , आफू कहिले लकडाउन खुल्छन र ब्यटिपार्लर जान्छु पर्खेर बसेको बताउँछिन् ।
मेकअप हेयर ड्रेसर सैलुनमा कपाल र दाह्री कटाउन पुग्नु भएका शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक९जज० एवं कलाकार पुष्प श्रेष्ठले लामो कपाल देखाउँदै भने, “लकडाउन छ । सामाजिक दूरी कायम गर्न सरकारले भनेको छ । के गर्नु कपाल पनि नकाटि भएको छैन ।”
प्रतिक्रिया