शनिबार, वैशाख २२, २०८१

प्रतिनिधिसभामा पाका उमेरका नेता

नेपालखोज २०७९ मंसिर १० गते १३:३१

काठमाडाैं । अहिले नवनिर्वाचित संसदमा ७० वर्ष नाघेका सांसदहरुको संख्या करिब डेढ दर्जन जति छ । यसमा केपी शर्मा ओली (७०), डा. शेखर कोइराला (७२), सर्वेन्द्रनाथ शुक्ला (७२), नवल किशोर साह सुडी (७३), ध्रुबबहादुर प्रधान (७३), शेरबहादुर देउवा (७७), रामचन्द्र पौडेल (७८), चित्रबहादुर केसी (८०) तथा महन्थ ठाकुर (८०) आदि छन् ।

सवैभन्दा धेरै सांसद भने ४० देखि ६० वर्ष उमेर समूहका छन् । १ सय २८ सांसद मध्ये यो उमेर समूहका नेताको संख्या ५६ जति छ । ४० देखि ५० वर्ष उमेर समूहका प्रत्यक्ष निर्वाचित सांसदको संख्या ३६ छ भने ६० देखि ७० वर्षसम्मका सांसदको संख्या ४२ छ ।

प्रतिक्रिया