विश्वकप फुटबल-२०२२ : आज चारवटा खेल हुँदै
नेपालखोज
२०७९ मंसिर १२ गते ६:१३

काठमाडाैं । कतारमा सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज साेमबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् । जसमा समूह जी र एचका दुई-दुईवटा प्रतिस्पर्धा सामेल छन् ।
तालिका अनुसार आजको पहिलो खेलमा क्यामरुन र सर्विया, दोस्रो खेलमा कोरिया र घाना, तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्याण्ड तथा चौथो खेलमा पोर्चुगल र उरुग्वे एकअर्कासँग भिड्दैछन् ।
पहिलो खेल मंसिर १२ गते दिउँसो ३:४५ बजे – क्यामरुनविरुद्ध सर्विया समूह – जी
दोस्रो खेल मंसिर १२ गते साँझ ६:४५ बजे -दक्षिण कोरियाविरुद्ध घाना समूह – एच
तेस्रो खेल मंसिर १२ गते राति ९:४५ बजे – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड समूह – जी
चौथो खेल मंसिर १२ गते राति १२:४५ बजे – पोर्चुगलविरुद्ध उरुग्वे समूह – एच
सम्बन्धित
प्रतिक्रिया