शुक्रबार, असार २०, २०८२

धनुषा ४ : कांग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

नेपालखोज २०७९ मंसिर १२ गते ९:४६

धनुषा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ ।

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए ।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार दुई सय छ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेका मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।

प्रतिक्रिया