शुक्रबार, असार २०, २०८२

चुनाव जित्नेहरु-८

नेपालखोज २०७९ मंसिर १२ गते ११:२१

मोरङ – १ मा डिगबहादुर

मोरङ – १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डिगबहादुरले २७ हजार २ सय ९७ मत प्राप्त गरेका छन भने खतिवडा २६ हजार ८ सय ६७ मतमा सिमित भएका छन ।

मातृका यादव लाई हराउँदै कार्की

धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कार्कीले २७ हजार ४ सय ३१ मत ल्याए भने यादव २१ हजार ४ सय ८३ मत मै खुम्चिए । तेस्रो स्थानमा आएको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४ सय ६७ मत प्राप्त गरे । धनुषा- १ मा कार्की एमाले – जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका ।

राजेन्द्र महतोलाई हराउँदै महिन्द्र राय

सर्लाही–२ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले २३ हजार ५ सय २९ मत प्राप्त गरेका छन भने राजेन्द्रले २१ हजार ५ सय १८ मत प्राप्त गरे । २०७४ सालमा धनुषा – ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस पटक क्षेत्र परिवर्तन गर्दै सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता गठबन्धनले यादवलाई साथ दिएको थियो ।

महोत्तरी-४ मा कांग्रेस

महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍य निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १ सय २४ मत अन्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन भने सुरेन्द्रले २१ हजार २ सय ९६ मत ल्‍याएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी उक्त क्षेत्रमा जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत ल्याउदा जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४ सय ९८ मत मात्र ल्‍याए ।

गृहमन्त्रीलाई पराजित गर्दै बोहोरा

रुपन्देही – ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७ सय १७ तथा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका छन ।

बदला लिए डा . शर्माले

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर – ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । शर्मा एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा ढकालले डाक्टर शर्मालाई पराजित गरेका थिए । शर्मा नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन् । शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने ढकाल २५ हजार ८ सय ९५ मतमा सिमित भएका छन । यहाँ राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९ सय ८८ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेकि छिन् । यसैगरि मोरङ – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेती ३ हजार १ सय ७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राई १ हजार ५ सय २० मतमा सिमित भएका छन् ।

मुगुमा कांग्रेसका ऐनबहादुर

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७ सय २ मत प्राप्त गरेका छन भने एमालेका कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन ।

अर्जुन नरसिंह केसी निर्वाचित

नुवाकोट – २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । केसी २८ हजार १ सय ७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डे १६ हजार ४ सय ७७ मतमा सिमित भए । यहाँ एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५ सय ६१ मतका साथ तेस्रो तथा राप्रपाका झनक प्याकुरेल १ हजार ५ सय ७१ मतका साथ चौथो स्थानमा छन् ।

सप्तरी – ४ मा कांग्रेसका तेजुलाल

सप्तरी – ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४ सय ९१ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार ८ सय ७७ मत मात्र जोडन सके । निर्वाचित चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।

चित्रलेखालाई हराउँदै राजकिशोर

सिराहा – २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत मात्र जोडन सकिन् । यस्तै, यो क्षेत्रमा जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९ सय २, राप्रपाका मुरली मिझारले ८ सय ७२ , हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६ सय ९९ तथा स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६ सय ३९ मत प्राप्त गरे ।

कपिलवस्तु – २ मा कांग्रेसका सुरेन्द्र

कपिलवस्तु – २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । बिजयी उम्मेदवार आचार्यले ३९ हजार १४ मत ल्याउँदा गुप्ताले ३८ हजार ६ सय ९७ मत भन्दा अघि बढन सकेनन् । यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् ।

प्रतिक्रिया