शनिबार, असार २१, २०८२

२५ जिल्लामा बाम- लोकतान्त्रिक गठबन्धनको क्लिन स्वीप

नेपालखोज २०७९ मंसिर १२ गते ११:४३

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा बाम- लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी तथा अछाममा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले ८ तथा राप्रपाले १ जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकलरुपमा जितेको छ ।

प्रतिक्रिया