शुक्रबार, असार २०, २०८२

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला

नेपालखोज २०७९ मंसिर १२ गते २१:०६

काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।

निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे । नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे ।

‘बहुलवादसित गाँसिएर आएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ’, उनले भने । हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे ।

प्रतिक्रिया