विश्वकप फुटबल – २०२२ : आज चार खेल हुँदै
नेपालखोज
२०७९ मंसिर १४ गते ६:४०

काठमाडाैं । कतारमा संचालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मंसिर १४ गते बुधबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् ।
जसमा समूह सी र डी का दुई/दुईवटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्क, दोस्रो खेलमा ट्युनिसिया र फ्रान्स, तेस्रो खेलमा पोल्याण्ड र अर्जेन्टिना तथा चौथो खेलमा साउदी अरेबिया र मेक्सिको एकअर्का सँग भिडदै छन् ।
पहिलो खेल मंसिर १४ गते राति ८:४५ बजे – अष्ट्रेलियाविरुद्ध डेनमार्क समूह – डी
दोस्रो खेल मंसिर १४ गते राति ८:४५ बजे – ट्युनिसियाविरुद्ध फ्रान्स समूह – डी
तेस्रो खेल मंसिर १४ गते राति १२:४५ बजे – पोल्याण्ड विरुद्ध अर्जेन्टिना समूह – सी
चौथो खेल मंसिर १४ गते राति १२:४५ बजे – साउदी अरेबियाविरुद्ध मेक्सिको समूह – सी
सम्बन्धित
प्रतिक्रिया