शुक्रबार, असार २०, २०८२

सुनसरी-४ : कार्कीको अग्रता कायमै

नेपालखोज २०७९ मंसिर १४ गते ८:२८

सुनसरी । सुनसरी-४ नम्बर निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ ।

कार्कीले २६ हजार ४७ मत पाउँदा नेकपा एमालेका उम्मेद्वार जगदिशप्रसाद कुसियतले २५ हजार ७०६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८९८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले २ हजार ४३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया