सरकारी र ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउनू : प्राधिकरण
नेपालखोज
२०७९ मंसिर १४ गते ९:३३

काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएकाे छ । प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएकाे हाे ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन गरेकाे हाे ।
निर्देशन कार्यान्वयन नगरे उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया