आजको खेलमा पहिलो पटक महिला रेफ्री
नेपालखोज
२०७९ मंसिर १४ गते २०:१०

काठमाडौं । कतारमा चलिरहेको विश्वकप फुटबल प्रतियोगितामा आज पहिलोपटक महिला रेफ्री देखापर्दै छन् । आजको एउटा खेल उनीहरुले नै संचालन गर्ने बताइएको छ । आज मुख्य रेफ्रीसहित ३ जना महिला रेफ्रीले पुरुष विश्वकप फुटबल पहिलोपटक महिला रेफ्रीहरूले खेलाएर इतिहास कायम गर्नेछन् ।
विश्व फुटबल महासंघ (फिफा)का अनुसार बिहीबार मध्यरात हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीहरु मैदानमा देखिनेछन् । उक्त खेलको प्रमुख रेफ्री स्टेफनी फ्रापार्ट हुनेछिन् । उनलाई सहायक रेफ्री नेउजा ब्याक तथा करेन डियाजले साथ दिनेछन् । पुरुष विश्वकपकै इतिहासमा पहिलोपटक महिला रेफ्रीलाई निर्णायकको जिम्मेवारी दिने निर्णय यसैपटक भएको हो ।
सम्बन्धित
प्रतिक्रिया