बिहीबार, जेठ २, २०८२

विश्वकप – २०२२ : यस्तो भयो अन्तिम १६ को समीकरण

नेपालखोज २०७९ मंसिर १६ गते ६:४३

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा हालसम्म छनोट भएका टिममा नेदरल्यान्ड्स, सेनेगल, इंग्ल्याण्ड , अमेरिका , अर्जेन्टिना, पोल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, ब्राजिल, स्वीट्जरल्याण्ड, पोर्चुगल घाना, जापान, स्पेन, क्रोएसिया तथा मोरक्को छन् । यो विश्वकपको यात्रामा बिराम लागेका देस हुन् – आयोजक कतार, इक्वेडर, इरान, वेल्स, मेक्सिको, साउदी अरेबिया, कोस्टारिका डेनमार्क, ट्युनिसिया, बेल्जियम, क्यामरुन, सर्बिया, क्यानाडा, दक्षिण कोरिया जर्मनी र उरुग्वे ।

समूह ए : यो समूहबाट नेदरल्यान्ड्स प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेनेगल यो समूहबाट अन्तिम १६ मा पुग्ने दोस्रो देस हो। कतार र इक्वेडरले यो चरण पार गर्न सकेनन् ।

समूह – बी : समूह बीबाट इंग्ल्याण्ड र अमेरिका प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इरानले एक खेल जितेर आशा देखाएको थियो तर समूहको अन्तिम खेलमा अमेरिकासँग पराजित भएपछि उसको यात्रा टुंगीयो । यसैगरी वेल्सले पनि यहि चरणमा आफ्नो यात्रा टुंगाएको छ ।

समूह-सी : समूह सीको छनोट निकै रोचक अनि प्रतिस्पर्धात्मक रहयो । अर्जेन्टिना र पोल्याण्ड यो समूहको नम्बर एक र दुईमा छन् । यो समूहबाट साउदी अरेबिया र मेक्सिको अगाडि बढन सकेनन् ।

समूह-डी : डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह डी बाट यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो । अष्ट्रेलिया यो समूहको दोस्रो स्थानमा छ । डेनमार्क तथा ट्युनिसियाले आफ्नो विश्वकप – २०२२ को यात्रामा यहि विश्राम लगाएका छन् ।

समूह-ई : सबैभन्दा रोचक अवस्था यो समूहको थियो । यो समूहमा जापान तीन खेलमा २ जित निकाल्दै ६ अंक जोडेर समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको छ । यसैगरी स्पेन तीन खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेर समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको छ । जर्मनीसँग समान ४ अंक भएपनि गोल अन्तरमा अघि रहँदै स्पेनले अन्तिम १६ मा स्थान पक्का गरेको हो । य‍ो समूहमा पूर्व च्याम्पियन जर्मनी आफ्नो पहिलो खेल जापानसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्पेन र जर्मनीबीच बराबरीमा भएको थियो ।

समूह- एफ : यो समूहको अवस्था पनि केही भन्न नसकसने खालको थियो । यद्यपि यो समुहबाट क्यानाडालाई २–१ गोलले पराजित गर्दै मोरक्को समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ । यस्तै, बेल्जियम सँग अंक बाँडे पनि क्रोएसिया समूह उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ भने बेल्जियम समूह चरण बाटै बहिरिएको छ । समूह – जी : पाँच पटकको च्याम्पियन ब्राजिल समूह जी बाट छनोट भैसकेको छ । यो समूहमा स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ भने सर्बिया र क्यामरुन प्रतिस्पर्धा बाट बाहिरिएका छन् ।

समूह – एच : पोर्चुगल समूह एच बाट यसअघि नै छनोट भैसकेको छ । यो समूहमा घाना दोस्रो नम्बरमा छ भने दक्षिण कोरिया र उरुग्वेको समान १ अंक छ । समूह एच बाट अगाडि बढने टिम पोर्चुगल र घाना हुनेछन् ।

प्रतिक्रिया