बुधबार, जेठ १, २०८२

आईसीसी विश्वकप लिग टू : नेपालले नामिबियासँग खेल्ने

नेपालखोज २०७९ मंसिर १६ गते ८:१६

काठमाडाैं । नामेवियामा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ ।

नेपाल र नामेवियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ ।  त्रिकोणात्मक सिरिजमा नेपाल, नामेविया र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल र नामिबियाबीच अहिलेसम्म दुईवटा एकदिवसीयमा भेट हुँदा दुवैको नतिजा नामेवियाको पक्षमा रहेको छ ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामेवियाले २७ खेलमा २७ अंकका साथ आफूलाई चौथो स्थानमा राखेको छ । 

प्रतिक्रिया