बिहीबार, जेठ २, २०८२

क्यामरुनसँग ब्राजिल हारे पनि नकआउट चरणमा

नेपालखोज २०७९ मंसिर १७ गते ७:२०

काठमाडौं । शुक्रबार राति भएको खेलमा क्यामरुनसँग १-० गोल अन्तरले पराजित ब्राजिल समूह ‘जी’को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ। कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे ।

उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । समूह चरणको अन्तिम खेलमा पराजित ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । अन्तिम खेलमा ब्राजिललाई हराएको क्यामरुन ३ खेलमा ४ अंक जोडे पनि समूह चरणबाट बाहिरिएको छ।

प्रतिक्रिया