दोलखामा एमालेको अग्रता
नेपालखोज
२०७९ मंसिर १८ गते ७:३१

दोलखा । दोलखाको प्रतिनिधि सभा सिटमा नेकपा एमालेले अग्रता लिएको छ ।पछिल्लो मत परिणाममा एमालेका बालकृष्ण शिवाकोटी माओवादीका गंगा कार्की भन्दा १ हजार ५ सय ३ मतान्तरले अगाडि छन् ।
३६ हजार ३ सय ३६ मतगणना हुँदा शिवाकोटीले १६ हजार २ सय १४ मत प्राप्त गरेका छन् भने कार्कीले १४ हजार ७ सय ११ मत प्राप्त गरेका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा माओवादीका कार्कीले एक हजारको अग्रता लिइरहेका थिए भने आइतबार बिहानको रिपोर्टमा एमाले अगाडि बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया