शनिबार, असार २१, २०८२

पोल्यान्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

नेपालखोज २०७९ मंसिर १९ गते ७:३१

काठमाडाैं । कतारमा जारी फिफा विश्वकपको प्री- क्वार्टरफाइनमा पोल्यान्डलाई ३-१ गोलले पराजित गर्दै विश्वकपको वर्तमान विजेता फ्रान्स क्वार्टरफाइनलमा पुगेको छ । अल थुमामा रंगशालामा ओलिभर जिरुडले ४४औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

७४औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पारेको थियो । स्टार खेलाडि किलियान एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्स ३-० ले अगाडि बढयो ।

त्यस लगत्तै पेनाल्टी एरियामा भएको ह्यान्ड पछि पोल्यान्डले अन्तिम अबसर पाएको थियो जसमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए। फ्रान्सले इङ्ल्यान्ड र सेनेगलबीच आज राति हुने खेलको विजेतासँग क्वार्टरफाइनल खेल्ने छ ।

प्रतिक्रिया