बिहीबार, असार १९, २०८२

सरकारी तथा निजी कार्यालयले परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्नू

नेपालखोज २०७९ मंसिर २१ गते ८:५८

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा राख्न निर्देशन दिएको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो । 

सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफा राख्न महानगरले भनेको छ । अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिबाना गर्ने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गर्ने बताएको महानगरले त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने चेतावनी दिएकाे छ ।

प्रतिक्रिया