बिहीबार, असार १९, २०८२

एमालेबाट सांसद हुने संम्भावित १८ महिला

नेपालखोज २०७९ मंसिर २१ गते १९:५७

काठमाडाैं । काठमाडौ । समानुपातिकतर्फको मतगणना जारी रहँदा विभिन्न दलहरुले समानुपातिकको लिष्ट हेर्न थालेका छन् । समानुपातिक मतगणनामा सबैभन्दा अगाडी रहेको नेकपा एमालेको प्रत्यक्षतर्फ ४४ सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा संभावित ३५ सिट जोडिने देखिन्छ । प्रत्यक्ष र समानुपातिकको गरी एमालेको ७९ सिट प्रतिनिधिसभाका प्राप्त हुने देखिन्छ । हाल राष्ट्रियसभामा रहेको १५ सहित संघीय संसुदमा करिब ९४ सांसद हुनेछन् ।

संविधानमा ब्यवस्था भएअनुसार संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्छ । राष्ट्रियसभामा कायम रहेका ९ महिला र प्रतिनिसधसभामा प्रत्यक्ष निर्वाचित ४ महिला सहित १३ महिला हुनेछन् ।

एमालेबाट कास्की २ मा विद्या भट्टराई, धनुषा ३ मा जुलीकुमारी महतो र बारा ३ मा ज्वालाकुमारी सिंह, सुनसरी ३ मा भगवती चौधरी विजयी भएका छन् ।

३३ प्रतिशत पुर्याउन समानुपातितर्फ १८ महिला एमालेबाट चयन गर्नुपर्ने हुन्छ । यस आधारमा एमालेबाट समानुपातिकबाट संसद्मा सहभागी हुने महिलामा दलित क्लस्टरतर्फबाट रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा, खसआर्य क्लस्टरबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया संसद बन्ने देखिन्छ । यस्तै आदिवासी जनजातिबाट नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी मगर रहेकी छिन् ।

यस्तै मधेसीबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया हुन सक्छन् । त्यस्तै थारूबाट अस्माकुमारी चौधरी र मुस्लिमबाट रुही नाज पर्ने देखिन्छ ।

प्रतिक्रिया