मंगलबार, वैशाख १८, २०८१

संविधान दिवसमा राष्ट्रपतिबाट पदक पाउने पत्रकारले के योगदान गरे ?

नेपालखोज २०७६ असोज ३ गते १४:४८

३ असोज, काठमाडौं । संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रपतिबाट विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई मान पदवी एव पदक दिने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ ।
विगतका वर्षहरुमा राष्ट्रपतिले दिने यस्ता पदवी छनौट प्रक्रिया विवाद रहित हुन सकेन । यस वर्ष पनि राष्ट्रपतिद्वारा दिन लागिएको पदवी विवाद मुक्त हुन भने सकेन ।
संविधान दिवस एवं राष्ट्रिय दिवसमा अवसरमा नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो सयमदेखि योगदान पु¥याएको भन्दै केही पत्रकारहरुलाई पदक दिने घोषणा गरिएको छ । जुन पत्रकारिता क्षेत्रभित्रै आलोचित बन्न पुगेको छ ।
गणतन्त्र आउनु अघि राजतन्त्रका बेला समेत यस्तै खालका मानपदवी तथा पदक दिने गरिन्थ्यो । विशेष गरी दरबारको भक्तिगान गाउनेहरुले यस्ता पदवी तथा अलंकारहरु पाउने गर्दथे । गणतन्त्र आए पश्चात पनि यस्ता पदक वितरणमा राजनीति र भक्तिगान भन्दा पृथक काम गर्नेहरुले पाएका देखिँदैन ।
नेपाल सरकार गृह मन्त्रालयले गोरखापत्रमा पदक पाउनेहरुको नाम सार्वजनिक गरेको छ । पदक पाउने पत्रकारहरुको नामावलीमा सुप्रवल जनसेवा श्री (तृतीय) राजधानी दैनिकका प्रकाशन महेन्द्र शेरचनलाई पत्रकारका रुपमा दिएको छ । यस्तै प्रवल जनसेवा श्री (चतुर्थ) पाउनेहरुमा गगन विष्ट, गणेश बस्नेत,गणेशमान गुरुङ्ग, गोपाल खनाल,गोपाल गुराँगाईँ, गोविन्दप्रसाद चौलागाँई, टंक पन्त, रहेका छ । त्यस्तै फूलमान बल, राज बहादुर गुरुङ्ग, राजेन्द्र अर्याल, लक्ष्मी पुन , सुर्यबहादुर थापा, हरिप्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाइँ, शुभाष खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञप्रसाद शर्मा , गंगा पौडले बराल, डिआर घिमिरे, विदुर गिरी, छेटु शेर्पा, सिद्धराज राई, बसन्त प्रताप सिंह, विष्णुलाल बुढा, श्याम सुन्दर यादव, माधव नेपाल लगायत छन् ।
पदक पाउने पत्रकारहरु अधिकांश सत्ताधारी निकट व्यक्तिहरु रहेका छन् । सुर्य थापा त हाल नेकपाका केन्द्रीय सदस्य नै रहेका छन् ।

प्रतिक्रिया