नेपाल स्कटल्याण्डसँग पराजित
नेपालखोज
२०७९ मंसिर २२ गते १९:०५

काठमाडाैं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपाल स्कटल्याण्डसँग पराजित भएकाे छ । आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले ४ खेल खेल्दा जम्मा १ अंक बटुलेको छ । पहिलो खेल नामेवियाविरुद्ध वर्षाका कारण रद्द हुँदा १ अंक लिएको नेपालले त्यसपछिका सवै खेल गुमाउन पुग्यो ।
सम्बन्धित
प्रतिक्रिया