शनिबार, असार २१, २०८२

भियतनाममा यस वर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो संक्रमित, १२२ जनाको मृत्यु

नेपालखोज २०७९ मंसिर २२ गते १९:५४

हनोई । भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ ।

त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देकिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया