बहुगुणी मेथी

मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो । मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिइन्छ । मेथी खाँदा स्वास्थ्यमा फाइदा पुग्छ भने प्रयोग गर्दा मुहार एवं कपाल सुन्दर हुनुका साथै चम्किलो पनि हुन्छ। मेथीका अनेकौं फाइदा छन् । यसलाई कपाल सुन्दर र चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ। मेथीले चाया हटाउन समेत मद्दत गर्छ । कपाल झर्न रोक्छ : मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ।
यसमा प्रोटिन तथा निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई ऊर्जा दिन्छ। मेथिको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिसाइ कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ भने कपाल मुलायम एवं चम्किलो पनि देखिन्छ । मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन तथा निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ ।
चायाबाट मुक्ति : यदि कपालमा चायाको समस्या छ भने मेथी अचुक औषधि साबित हुनसक्छ । सामान्यतया सुक्खापनका कारण चाया पर्छ। टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ जसले गर्दा कपालको सुन्दरता हराएर जान्छ। यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेस्ट बनाउनुहोस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुहोस्। अलिअलि मसाज गर्नु पनि राम्रो मानिन्छ ।
यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । यति गरे कपालमा भएको चाया हराएर जान्छ भने कपाल पनि सुन्दर देखिन्छ । कम्तीमा महिनामा तीनपटक यो उपाय अपनाइयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाइन्छ।
प्रतिक्रिया