राप्रपाबाट समानुपातिकतर्फ छानिएका सांसद (नामसहित)
नेपालखोज
२०७९ मंसिर २४ गते १९:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार उनीहरूको नामावली टुंगो लगाएको हो ।
यही मंसिर ४ गते भएको निर्वाचनबाट राप्रपा प्रतिनिधिसभामा पाँचौँ दल बनेको छ । राप्रपाले समानुपातिकबाट प्रतिनिसभातर्फ सात र प्रदेशसभातर्फ १७ सिट जितेको छ ।
प्रतिनिधिसभातर्फ राप्रपाबाट छानिएका सांसदमा पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा, बीना जैसवाल, अनिषा नेपाली रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया