गण्डकी प्रदेश सभा : कोको सिफारिस भए समानुपातिकमा ?

पोखरा । गण्डकी प्रदेश सभामा कुल ६० सदस्य रहने ब्यबस्था छ जसमा समानुपातिक प्रणालीबाट २४ जना सांसद चुनिन्छन्।
गण्डकी प्रदेश सभामा प्रत्यक्षमा १८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले समानुपातिकमा ९ सिट जितेको छ। यसरस प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसको २७ सिट हुन्छ । कांग्रेसबाट एक जना पनि महिला प्रत्यक्ष निर्वाचित नभएकाले समानुपातिकबाट सबै सिटमा महिलाले अवसर पाएका छन्।
यता एमालेले प्रत्यक्षमा १२ सिट तथा समानुपातिकमा १० सिट जित्दै प्रदेश सभामा २२ सिट जितेको छ र एमाले गण्डकी प्रदेश सभामा दोस्रो ठूलो दल बनेको छ।यसैगरि गण्डकी प्रदेश सभाको तेस्रो ठूलो दल माओवादी केन्द्र हो जसले प्रत्यक्षमा ५ तगा समानुपातिकमा ३ गरि ८ सिट जितेको छ । यसअघि प्रदेश सभामा शून्य अवस्थामा रहेको राप्रपाले समानुपातिकमा २ सिट जितेको छ।
दलहरूले सिफारिस गरेको समानुपातिक सांसदमा सबैभन्दा बढी बागलुङका छन्। प्रदेशका ११ जिल्लामध्ये बागलुङबाट राप्रपाबाहेकका तीन वटै ठूला दलले समानुपातिक सांसद सिफारिस गरेका छन्।
कांग्रेसले बागलुङबाट चम्पादेवी खड्का र दिलमाया पौवीको नाम सिफारिस गरेको छ भने एमालेले लीलबहादुर थापामगर, बिनाकुमारी थापा, कृष्णप्रसाद पाठक तथा गोविन्दबहादुर नेपालीको नाम सिफारिस गरेको छ। यस्तै, माओवादीबाट कुसुम बुढालाई सिफारिस गरिएको छ।
समानुपातिकमा धेरै सांसद सिफारिसमा पर्ने जिल्लामा कास्की दोस्रो स्थानमा छ। कास्कीबाट पाँच जनाको नाम सांसदमा सिफारिस भएको छ।
एमालेले कास्कीबाट प्रकाशबहादुर केसी, देवका त्रिपाठी, नन्दकला दमै तथा राजकुमारी भुजेललाई सांसद बनाउने निर्णय गरेको छ भने कांग्रेसले सरस्वती गुरुङलाई सांसद बनाउने भएको छ । स्याङ्जाबाट कांग्रेसले कल्पना तिवारी र सरस्वती अर्याल तिवारीलाई सांसद बनाउने भएको छ। एमालेले निर्मला थापालाई स्याङ्जाबाट छनौटमा पारेको छ। त्यस्तै राप्रपाले प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई सिफारिस गरेको छ।
कांग्रेसबाट पर्वतकि रेखा गुरुङ तथा म्याग्दीकि विमला गौचनलाई सिफरिसमा परेका छन । त्यस्तै माओवादीबाट गोरखाकि सुशीला सिम्खडा र नवलपुरकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभा सदस्यमा सिफारिस भएका छन ।
लमजुङबाट एमालेकी यशोदा रिमाल, कांग्रेसकि टीकाकुमारी बस्याल र पार्वती तामाङ प्रदेश सांसदमा सिफारिस गरिएका छन भने राप्रपाले लमजुङबाट बिन्दु अधिकारी पहाडीलाई सांसद बनाउने भएको छ।
प्रतिक्रिया