शनिबार, असार २१, २०८२

जिम गर्दा ख्याल गर्नुपर्ने कुरा

नेपालखोज २०७९ मंसिर २७ गते ९:१५

सात दिन नै जिम गर्नुपर्छ भन्ने छैन । ३/४ दिन आएपछि एक दिन आराम गर्नुपर्छ। हप्ताभरी जिम गर्दा शरीरलाई आराम पुगेको हुँदैन। लगातार शरीरलाई प्रेसर दिँदा धेरै थकाइ लाग्छ। यस्तो भएमा केही खाएपनि शरीरमा लाग्दैन । त्यसकारण हप्तामा सातै दिन भन्दा १ दिन बिराएर जिम गर्नु उपयुक्त हुन्छ ।

कम्तीमा ८ घन्टा सुत्नुस् जिम गर्न सुरु गरेपछि दिनमा ८ देखि ९ घन्टा कम्तीमा सुत्नुपर्छ । राम्ररी निन्द्रा पुगेन भने धेरै थकाइ लाग्छ । शरीरलाई फ्रेस अनुभव गराउन पनि जिम गरेपछि नियमित रुपमा राम्रो निन्द्रा लिन आवश्यक छ । सन्तुलित खाना खानुहोस् जिम गर्ने मानिसले सन्तुलित खाना खानुपर्छ । दुब्लो शरीर भएमा धेरै खानुपर्छ । यदि शरीर मोटो छ र तौल घटाउन जिम गर्दै हुनुहुन्छ भने थोरै थोरै खानेकुरा छिटो छिटो खानुपर्छ ।

यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नुपर्छ । जिम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ । दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सकछ । शरीर घटाउन भन्दै जिम गर्दा क्षयरोग (टिवी) पनि लाग्ने सम्भावना हुन्छ । त्यसैले जिम गर्न सुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानुपर्छ ।

प्रोटिनयुक्त खाने कुरा खानुहोस् जिम गर्न सुरु गरेपछि शरीर दुब्लो पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारी भन्दा पनि प्रोटिन युक्त खानेकुरा जस्तै मासु, राज्मा, चना, अन्डाको सेतो भाग आदि खानुपर्छ ।

प्रतिक्रिया