अग्रजलाई धन्यवाद दिन ‘अजम्बरी उपहार’ सार्वजनिक
नेपालखोज
२०७९ मंसिर २८ गते १६:१२

काठमाडौं । जीवित नरहेका नेपाली सङ्गीतका स्वर्णिम युगका सङ्गीतकर्मी, गायकगायिकाको अमूल्य योगदानलाई नमन गर्न धन्यवादस्वरुप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक एवं सङ्गीतकार सजल न्यौपानेको रहेको छ । शब्द गीतकार आचार्य प्रभाको रहेको छ । गीतमा शास्त्रीय शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ । गीतमा सीमा पोख्रेलको सङ्गीत रहेको छ ।
श्रद्धाञ्जली गीत कम नै बन्ने गरेको अहिलेको समयमा अग्रज कलाकारको महत्व र योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई पुरानाको योगदान याद गराइराख्न गीत तयार पारिएको गायक न्यौपानेले बताउनुभयो । सीमा पोख्रेल निर्मात्री रहेको यस श्रद्धाञ्जली गीतको भिडियोलाई सीमा पोख्रेल ‘जस्ट लभ युट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया