बुधबार, जेठ १, २०८२

फ्रान्स वर्ल्ड कप फाइनलमा

नेपालखोज २०७९ मंसिर २९ गते ६:५७

काठमाडाैं । कतारमा चलिरहेको विश्वकप – २०२२ को दोस्रो सेमिफाइनलमा बर्तमान बिजेता फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गरेको छ । खेल सुरु भएको पाँच मिनेट भित्रै गोल गरेर अग्रता लिएको फ्रान्सले ७४ औं मिनेटमा उक्त अग्रतालाई दोब्बर बनाएको थियोे । 

मोरक्कोबाट खेल हेर्न आएका करिब ५० हजार समर्थनकबीच मोरक्को प्रत्याकमको लगातार प्रयास गरे पनि कुनै प्रहारमा बललाई जालि चुमाउन सकेन । मोरक्को सेमिफाइनलमा फ्रान्स बिरुद्ध फिनिसिङको समस्याको सिकार भयो भने उसका खेलाडीहरु फ्रान्सको रक्षापंक्ती तोडन असफल भए ।

अल बायट रंगशालामा खेलिएको उक्त रोमान्चक सेमिफाइनलमा फ्रान्सका लागि हर्नान्डेज तथा रानदाल कोलो मुआनीले १- १ गोल गरेका थिए । सब्सिट्युट खेलाडीका रुपमा मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गोल गरेका थिए । यस सँगै फ्रान्सले लगातार फाइनल पुग्ने रेकर्ड पनि बनाएको छ ।

यसअघि २००२ मा ब्राजिल लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो भने १९९० मा जर्मनी लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो । फ्रान्स सन् १९९८ पछि चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

यसअघि २००६, २०१८ मा पनि फ्रान्सले विश्वकपको फाइनल खेलिसकेको छ । यता आश्चर्यजनक खेल प्रदर्सन गर्दै सेमिफाइनलमा पुगेको मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश पनि बनेको छ ।

प्रतिक्रिया