फाइनलको समीकरण पूरा, अबको खेल कहिले र कहाँ ?

काठमाडाैं । विश्वकप- २०२२ को फाइनलको समिकरण पूरा भएको छ जसअनुसार अब फाइनलमा वर्तमान विश्व विजेता फ्रान्सले लगातार दोस्रोपटक विश्वकप जित्न दुई पटकको विश्व विजेता अर्जेन्टिनासँग भिडने छ ।
अर्जेन्टिना र फ्रान्स दुबै मुलुक तेस्रो पटक विश्व विजेता बन्ने प्रयासमा रहनेछन । फ्रान्सले पनि यस अघि दुई पटक विश्वकप जिति सकेको छ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउँदै फाइनलमा पुगेको हो भने फ्रान्स चाहिँ मोरक्कोलाई २-० ले निरास बनाउँदै फाइनलमा प्रवेश गरेको हो ।
यसपटकका यी दुई दिग्गज बिच पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे दोहाको लुसेल रंगशालामा प्रतिस्पर्धा हुनेछ जुन चालू विश्वकपको ६४ औं तथा अन्तिम खेलका रुपमा रहनेछ ।
त्यस अघि ६३औं खेलका रुपमा शनिबार हुने खेलमा मोरक्को तथा क्रोएसियाले तेस्रो स्थानका लागि एक -अर्काको सामना गर्नेछन् । सेमिफाइनलमा पराजित यी दुई टिमको खेल पुस २ गते शनिबार राति ८ : ४५ बजे खेलाइने निर्धारित कार्यक्रम छ ।
प्रतिक्रिया