शुक्रबार, असार ६, २०८२

सुचनाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष १ गते १२:११

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ बढेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया