शनिबार, जेठ ४, २०८२

मोदी कोदो भोजमा सहभागी

नेपालखोज २०७९ पुष ५ गते २०:४५

काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत उपस्थित थिए ।

‘हामीले कोदो र रागीबाट बनेको मिठाई लगायतका स्वादिष्ट परिकारहरू तयार गर्यौं जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए । प्रधानमन्त्रीले यहाँ खानाको आनन्द लिनु भएकोमा म खुसी छु,’ कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताएकी छन् । आज तयार पारिएका परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मा लगायत थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो वर्षकोरूपमा मनाउँने घोषणा गरेको छ । भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचिकृत गरेको थियो त्यस पछि यसलाई पोशण मिशन अभियानमा समावेश गरिएको छ । राष्ट्रिय खाद्य सुरक्षा मिशन अन्तर्गत १४ राज्यका २१२ जिल्लाहरूमा कोदोको लागि एक पौष्टिक अनाज कार्यक्रम लागू गरिएको छ । एसिया र अफ्रिकामा कोदोको बढी उत्पाउन हुने गर्छ ।

भारत कोदोको प्रमुख उत्पादन गर्ने देश हो जसमा कांगनी, कुटकी वा सानो कोदो, कोडोन, गंगोरा वा बार्नयार्ड, चाइना र ब्राउन टप ज्वार, बाजरा, रागी र साना कोदो लगायत विभिन्न प्रजातिहरू छन् । भारतका धेरैजसो राज्यहरूले एक वा बढी कोदो बालीका प्रजातिहरू उब्जाउँछन् । विगत पाँच वर्षमा भारतले १३.७१ देखि १ करोड ८० लाख टन भन्दा बढी कोदो उत्पादन गरेको छ । भारतमा वार्षिक उत्पादनका दृष्टिले सन् २०२०-२१ मा सबैभन्दा बढी कोदो उत्पादन भएको देखिन्छ ।

श्रीलङ्काले आयात प्रतिबन्ध हटायो श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन् ।

खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए । श्रीलङ्का सरकारले गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

राज्यमन्त्रीले सन् २०२१ को लागि श्रीलङ्काको आयात बिल २०.६ बिलियन अमेरिकी डलर थियो । आयात प्रतिबन्धका कारण यो सङ्ख्या धेरै कम हने अपेक्षा गरिएको छ । उनले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया