मंगलबार, असार १७, २०८२

निमोनिया देखिएपछि अध्यक्ष नेपाल अस्पताल भर्ना

नेपालखोज २०७९ पुष ५ गते २१:४४

काठमाडाैं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी आज भर्ना भएका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ । नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

उनको आजै एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ । उनीलाई अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ । सूचना अधिकारी अधिकारीले नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया