शुक्रबार, जेठ ३, २०८२

ओमिक्रोनको नयाँ सव-भेरियन्ट भारत भित्रिएपछि नेपाललाई डर

नेपालखोज २०७९ पुष ७ गते ८:१४

चिनमा पुन: महामारिको रुप लिएर भारत समेत भित्रीसकेको कोरोना भाइरसको ओमिक्रोनको सव-भेरियन्ट बिएफ. सेभेन ( BF.7 ) बाट नेपाल पनि सावधान हुनुपर्ने स्थिति सृजना भएको छ । सरकार तथा सम्बन्धित निकायहरुले यस बिषयमा समयमै रणनिति तयार गरेर आवश्यक तयारि नगरे देसमा फेरि लकडाउनको अवस्था उत्पन्न हुने स्पष्ट संकेत देखिँदैछ ।

यो नयाँ सब भेरियन्ट के हो ?

जब कुनै भाइरसले आफुलाइ परिवर्तन गर्छ तब यसले नयाँ श्रेणी (वंश) वा उप-श्रेणी सुरु गर्छ । BF.7 यश अघिको BA.5.2.1.7 को अघिल्लो संस्करण मात्र होइन । यो ओमिक्रोनको सबभेरियन्ट BA.5 बाट उत्परिवर्तन (ब्रेकिङ) गरेर तयार भएको हो। यो महिना, वैज्ञानिक जर्नल सेल होस्ट एन्ड माइक्रोबमा प्रकाशित एक लेखमा, यसलाई यसको वास्तविक संस्करण भन्दा चार गुणा बढी प्रतिरोधात्मक क्षमता भएको भाइरसका रूपमा वर्णन गरिएको छ। जसको अर्थ प्रयोगशालामा संक्रमित वा खोप लगाइएका मानिसहरूमा BF.7 लाई नष्ट गर्ने क्षमता कम हुन्छ ।

म्यागजिनमा यो क्षमता वुहानबाट आएको भाइरसभन्दा कम रहेको बताइएको छ । यो सबभेरिएन्टका कारण यतिबेला चीनमा संकट गहिरिँदै गएको छ । यो भेरियन्टमा संक्रमणको क्षमता निकै बलियो भएको देखिन्छ । केही रिपोर्ट अनुसार यो सबभेरियन्टले पहिले नै संक्रमित व्यक्ति वा खोप लिएका मानिसहरूलाई पनि संक्रमित गर्न सक्छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतको केन्द्र सरकारले सावधानी अपनाउन आग्रह गरिसकेको छ । कोभिड सम्बन्धी राष्ट्रिय कार्यदलका प्रमुख वीके पलले आत्तिनुपर्ने अवस्था नरहेको र पर्याप्त परीक्षण भइरहेको बताएका छन् । उनले मानिसहरूलाई भीडमा मास्क लगाउन सल्लाह समेत दिएका छन् ।

यता केन्द्रीय मन्त्री मनसुख मण्डवीयले देशमा कोरोनाको अवस्थाबारे वरिष्ठ अधिकारी र विज्ञहरूसँग बैठक गरेका छन् । बैठकपछि स्वास्थ्यमन्त्रीले ट्वीट गर्दै ‘कोविड अझै सकिएको छैन’ भनेका छन् । उनले भनेका छन सबैलाई सजग रहन र सशक्त रूपमा सतर्क रहन आग्रह गरेको छु । हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं। उनको भनाइ भारतमा चिनमा फैलिएको नयाँ सबभेरियन्टका ३ वटा केस भारतमा फेला परेपछि आएको हो । अर्कातर्फ विश्व स्वास्थ्य संगठनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा चीनमा कोभिडको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै संस्था यस मामिलामा निकै चिन्तित रहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले भनेका छन , ‘विश्व स्वास्थ्य संगठनले चीनमा उच्च जोखिममा पुगेका मानिसहरूको खोपमा ध्यान केन्द्रित गरिरहेको छ । यद्यपि बास्तबिक अवस्थाको सही मूल्याङ्कन गर्न हामीलाई थप जानकारी चाहिन्छ । भारत भित्रिए पछि नेपाललाई डर : चीनमा कोभिडका बढ्दो केसका लागि जिम्मेवार कोरोनाको ओमिक्रोन सबभेरियन्ट BF.7 का तीनवटा केस भारतमा फेला परिसकेका छन् । समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

पीटीआईका अनुसार पहिलो BF.7 केस अक्टोबरमा गुजरात बायोटेक्नोलोजी रिसर्च सेन्टरमा आएको थियो। हालसम्म गुजरातबाट दुई र ओडिशाबाट एकटा केस रिपोर्ट गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो सबभेरियन्ट फेला परेका दुई जना अहिले निको भएको बताएको छ। विज्ञहरुले भारतमा कोभिडका केसहरु अझै बढिनसकेको भएपनि सतर्कता बढाउनुपर्ने अनि यसमाथि नजर राख्दै त्यसमा तत्काल कारबाहि चलाउनुपर्ने सुझाब सरकारलाई दिएका छन् ।

प्रतिक्रिया