मंगलबार, असार १७, २०८२

क-कसले लिँदैछन् मातृभाषामा शपथ

नेपालखोज २०७९ पुष ७ गते ९:५२

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई आज गराइने शपथग्रहण दिउँसो १ बजे सुरु हुनेछ । यसबीच २६ जना नवनिर्वाचित सांसदले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

कसले कुन भाषामा लिँदैछ शपथ ?

सराज अहमद फारुकी – उर्दु , हितबहादुर तामाङ – तामाङ, प्रदीप यादव – भोजपुरी, रुपा चौधरी – थारु , दुर्गा राई – कोयू , रामसहाय प्रसाद यादव – भोजपुरी , रन्जु कुमारी झा – मैथली , कान्तिका सेजुवाल – नेपाली खस, अरुण कुमार चौधरी – थारु , गंगाराम चौधरी डगौरा – थारु , लालवीर चौधरी – थारु , विनिता कुमारी सिंह – मधेसीमा लिँदै छन् ।

त्यस्तै, चन्द्रकान्त राउत – मधेसी , अनिता देवी – मधेसी , सोनु मुर्मु : सन्थाल , सुमना श्रेष्ठ – नेपाल भाषा , मनिष झा : मैथली , लक्ष्मी तिवारी – अवधि , अशोक कुमार चौधरी – थारु , मिना तामाङ – तामाङ भाषा , असिम साह : नेपाली तथा मुस्लिम , सूर्यमान तामाङ दोङ – तामाङ , महिन्द्रराय यादव – हिन्दी , उमरादेवी यादव – भोजपुरी तथा किरण कुमार साह – संस्कृत भाषामा लिँदै छन् ।

प्रतिक्रिया