कांग्रेसका महामन्त्रीद्वय सरकारमा नजाने

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा सहभागी नहुने कुरा बताएका छन् । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले भावी मन्त्री परिषदमा सामेल नहुने कुरा बताएका हुन् ।
थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने बताए भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताए । थापाले भनेका छन – ‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरू साथीहरू जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो ।
म त्यसमै लागिरहन्छु । म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रूपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु ।’ थापाले पार्टीमा संस्थागत रूपमा छलफल नगरी राष्ट्रपति तथा प्रधानमन्त्री पदमा आलोपालोब नगर्न समेत सचेत गराएका छन् ।
यता अर्का महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू निरन्तर लाग्ने भन्दै मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ त्यसमै लाग्छु भनी बताएका छन् ।
प्रतिक्रिया