शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ पुष ७ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाले बढेर १ लाख १५ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाले बढेको छ । चाँदी आज प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया