नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७९ पुष ७ गते १३:४०

काठमाडौ । मंसिर ४ को निर्वाचनबाट विजयी भएका प्रतिनिधिसभाका २७५ जना सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथका क्रममा नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा सांसदहरुले शपथ लिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया