शनिबार, असार २१, २०८२

कसरी सर्छ कोरोनाको नयाँ भेरियन्ट लक्षणहरु के-के हुन ?

नेपालखोज २०७९ पुष ७ गते १४:१३

काठमाडौँ । कोरोना भाइरसको बीएफ ७ भेरियन्टले चीनमा कोहराम मच्चाएको रिपोर्टहरु लगातार बिश्वभरका संचार माध्यमहरुमा आइरहेका छन् । यसलाई यस अघि देखिएको ओमिक्रोन भेरिएन्टको सबभेरिएन्ट भनिएको छ । यसका कारण चीनमा दैनिक हजारौं संक्रमित भैरहेको बताइन्छ भने यसले भारत हुँदै नेपाल प्रवेश गर्ने ठुलो खतरा पनि उत्पन गरेको छ ।

बीएफ ७ , बिए-५-२-१-७ को बराबर छ, जसलाई ओमिक्रोनको सबभेरिएन्ट भएको बताइएको छ । यो महिनाको सुरुमा सेल होस्ट एन्ड माइक्रोब जर्नलमा प्रकाशित एक अध्ययनले बीएफ ७ सब भेरिएन्टमा मूल डी६१४जी भेरिएन्टको तुलनामा ४.४ गुणा बढी तटस्थता प्रतिरोधी भएको बताइएको छ । यसको अर्थ खोप लगाएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीले सन् २०२० मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको तुलनामा बीएफ ७ लाई नष्ट गर्ने निकै कम क्षमता राख्छ ।

बीएफ ७ भेरिएन्टका लक्षण स् यो भेरियन्टका लक्षणहरू ओमिक्रोनका अन्य सबभेरिएन्टहरूको जस्तै भएको बताइएको छ । यसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाक बग्ने, थकान, बान्ता तथा पखाला लाग्ने लक्षण देखा पर्छ । यो सब(भेरियन्टले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा गम्भीर स्थिति निम्त्याउन सक्छ ।

बीएफ ७ उप-भेरियन्ट कोरोनाका अन्य सबै भेरियन्टको तुलनामा बढि संक्रामक भेरियन्ट हो । यो बढि विविधता युक्त छ र धेरै छिटो फैलिरहेको छ । यसले खोप लगाएका मानिसहरूलाई समेत संक्रमित गरिरहेको छ । वैज्ञानिकका अनुसार बीएफ ७ सब(भेरिएन्टको प्रजनन दर आर-१० देखि १८.६ सम्म छ । यसको अर्थ बीएफ ७ बाट संक्रमित व्यक्तिले १० देखि १८ जना सम्मलाई यो रोग सार्न सक्छ ।

प्रतिक्रिया