एक दिन पछाडि सर्यो टी-२० क्रिकेट लिग
नेपालखोज
२०७९ पुष ८ गते ६:५५

काठमाडाैं । नेपाल क्रिकेट संघको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ ।
आज पुस ८ गते शुक्रबार सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि शुरु गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको चन्दले बताए । उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मंसिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने कुरा तय गरिएको थियो ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहनेछ जसमा बिराटनगर सुपर किंग्स , जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं नाइट, फार वेस्टन युनाइटेड तथा लुम्बिनी अल स्टारले प्रतिस्पर्धा गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया