मंगलबार, असार १७, २०८२

चार्ल्स शोभराजको अप्रकाशित अन्तर्वार्ता

नेपालखोज २०७९ पुष ९ गते ११:०२

काठमाडाैं । सर्वोच्च अदालतको आदेशपछि फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएर स्वदेश फर्किसकेका छन् । यसबीच ‘इन्डियन एक्सप्रेस’ले एउटा अन्तर्वार्ता प्रकाशित गरेको छ जुन अन्तर्वार्ता २०१६ मा लिइएको थियो ।

उक्त अन्तर्वार्तामा उनले सन् २००३ मा नेपालको एक क्यासिनोबाट गिरफ्तार भएको र जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरसँगको भेटका बारेमा कुरा गरेका छन्।

सोभराजले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘जसवन्त सिंह (भारतका तत्कालीन विदेशमन्त्री) मसँग प्रत्यक्ष सम्पर्कमा थिए । सबैभन्दा पहिले उनले पेरिसमा मलाई भेट्न दूत पठाए । जसवंत सिंहका दुतसँगको भेट र कुराकानीपछि मैले मसूदको पार्टी हरकत-उल-अन्सारका मानिसहरूसँग सम्पर्क गरें। अन्तर्वार्तामा शोभराज भन्छन्, ‘ उनीहरुले यात्रुलाई रिहा गर्न अस्वीकार गरेको थिए , तर मैले उनलाई ११ दिनसम्म यात्रुहरुलाई हानि नपुर्याउने वाचा दिलाउन सफल भएँ । ‘

उनले भने, ‘मैले जसवन्त सिंहलाई फोन गरेँ र आफ्नो विचारमा ११ दिनसम्म यात्रुलाई कुनै नोक्सान नहुने बताए । त्यसैले भारतसँग वार्ताका लागि ११ दिनको समय छ ।

वास्तवमा विमान कान्दाहारमा थियो र भारत सरकारसँग यात्रुहरूलाई बचाउन मसूद अजहरलाई रिहा गर्नुको विकल्प थिएन। काठमाडौंबाट दिल्ली जान उडेक‍ो त्यो विमान उग्रबादि मुसलमानहरुले अपहरण गरेका थिए ।

सोभराजले उक्त अन्तर्वार्तामा सन् २००० देखि २००३ सम्ममा धेरै पटक पाकिस्तान भ्रमण गरेको बताएका थिए । यसै क्रममा उनले मसूदसँग भेट गरेका थिए । शोभराजले उक्त अन्तर्वार्ता अगस्ट १५, २०१६ मा इमेलमार्फत दिएका थिए । यो अन्तर्वार्ता इन्डियन एक्सप्रेसकी पत्रकार रितु सरिनले लिएकी हुन् । त्यतिबेलासम्म शोभराजलाई आफु रिहा हुन्छु भन्ने लागेको थियो ।

यद्यपि उनले यो अन्तर्वार्ता काठमाडौं जेलबाट रिहा भएपछि मात्र सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए । पछि उनको त्यो अन्तरवार्ता को प्रकाशन स्थगित हुँदै गयो । २०१७ मा उनको मुटुको शल्यक्रिया भयो र त्यसपछि कोविडको चरण आयो।

प्रतिक्रिया