देशभरका कार्यकर्तालाई चिन्ता नगर्न महामन्त्री शर्माकाे आग्रह
नेपालखोज
२०७९ पुष ११ गते १०:३४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभरका कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् ।आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न भनेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् थप भनेका छन्, ‘भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।’
सम्बन्धित
प्रतिक्रिया