भारतीय टेलिभिजनलाई प्रधानमन्त्री दाहालले भने- चुच्चे नक्सा अब इतिहास भइसक्यो
नेपालखोज
२०७९ पुष १३ गते ६:२४

काठमाडौं । चुच्चे नक्सा तथा अयोध्या नेपालमा पर्छ भन्ने केपी शर्मा ओलीको दाबीका सन्दर्भमा सोधिएको एक प्रश्नको जबाफमा नव नियुक्त प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब ती सबै इतिहास बनिसकेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेकोसमेत बताए ।
आफूलाई पहिले जहाँबाट भ्रमणको निम्तो आउँछ त्यहीँ नै जाने पनि प्रचण्डले बताए । दाहालले अन्तर्वार्तामा नेपाल भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो कार्यकाल उपलब्धीमुलक बनाउने प्रतिवद्दतासमेत व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया