सोमबार, असार १६, २०८२

चित्रबहादुर केसी भन्छन्- एमालेसँग प्रचण्डको साँठगाँठ सिद्धान्तहीन र अराजनीतिक

नेपालखोज २०७९ पुष १३ गते ८:११

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले-माओवादीसहितका दलको गठबन्धनलाई सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्यको संज्ञा दिएका छन् । प्रधानमन्त्री बन्नकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ ।

केसीले यसक्रममा निर्वाचनमा व्यक्त जनताको जनादेशको अपमान गर्दै जनतालाई धोकासमेत दिइएको दाबि गरेका छन् । ‘गठबन्धनका तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो,’ अध्यक्ष केसीले भनेका छन् ।

उनले प्रचण्डले प्रधानमन्त्री बन्न प्रतिगामी शक्तिसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति का साथै अमेरिका र भारतीय साम्राज्यवाद परस्त तत्वहरूसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौँ,’ केसीले भनेका छन् ।

प्रतिक्रिया