सोमबार, असार १६, २०८२

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित

नेपालखोज २०७९ पुष १३ गते १४:३८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित भएका जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो ।

यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद छन् । जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए । तथापी दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिएका जसपाले जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

प्रतिक्रिया