मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेद्वारी
नेपालखोज
२०७९ पुष १४ गते १५:१६

काठमाडाैं । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेद्वारी दर्ता गराए ।
कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।
बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय तालिका थियो । कसैले उम्मेद्वारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए । मधेश प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो ।
सम्बन्धित
प्रतिक्रिया