सोमबार, असार ९, २०८२

लकडाउनमा आफ्नै बहिनीमाथि र अलपत्र परेकी युवतीलाई काठमाडौं पुर्‍याइदिने भन्दै करणी

नेपालखोज २०७७ वैशाख १८ गते ७:४५

भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बोँडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक घर भई हाल बोँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौं पुर्‍याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया