नेपाल टी २० लिगमा पोखराको पहिलो जित
नेपालखोज
२०७९ पुष १५ गते १७:५२

काठमाण्डौँ । पोखरा एभेन्जर्सले काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
यसअघि पाँच खेल हारेको पोखराले पहिलो जित दर्ता गर्ने क्रममा फार वेस्टर्न युनाइटेडलाई ३ विकेटले हरायो । १८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो ।
जसमा आसिफ शेखले ४५, कुहल मल्लले ४०, सुमित महर्जनले ३८ रनको योगदान गरे ।
फारवेस्टर्नका करन केशी, प्रकाश जैसी र अमर अलिले दुई दुई विकेट हात पारे ।
सम्बन्धित
प्रतिक्रिया