‘गृह मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्री भेट्नु पर्दैन’
नेपालखोज
२०७९ पुष १५ गते १९:१०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई भेट्न नपर्ने बताएका छन् ।
आज साँझ सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै लामिछानेले भनेका छन् ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’
साथै उनले भेटघाट, फूलमाला, खादा र गम्छाको सिलसिलालाई रोकेर अब निरन्तर काममा लाग्नुपर्ने बेला आएकोसमेत बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया