आइतबार, असार १५, २०८२

नेकपा एस पोलिटब्यूरो बैठक : सरकारमा जाने/नजाने निर्णयकाे जिम्मा केन्द्रीय सचिवालयलाई

नेपालखोज २०७९ पुष १९ गते १६:३८

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सरकारमा जाने/नजाने निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ ।

मंगलबार पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।’

प्रतिक्रिया