बिहीबार, जेठ २, २०८२

रोनाल्डोले साउदी अरेबिया पुगेर अल-नासरमा सामेल हुनुको कारण बताए

नेपालखोज २०७९ पुष २० गते १०:५८

काठमाडौं । विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबसँग खेल्ने बारे आफूलाई यो निर्णयमा गर्व भएको बताएका छन् ।

रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए । उनले साउदी अरेबियाको फुटबल क्लब अल-नासरसँग १७७ मिलियन पाउण्ड (१७७३ करोड रुपैयाँ) सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन् ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबिया पुगेपछि रोनाल्डोले अल-नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । उनी र उनको परिवारले गरेको स्वागतको पनि प्रशंसा गरे। पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो। मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबसँग खेलेको छु। यो अब नयाँ चुनौती हो ।

उनले भने कि अल-नासरले विश्वमा साउदी फुटबलको छवि मात्र होइन देशको धारणा पनि परिवर्तन गर्नेछ। आफूलाई अद्वितीय खेलाडीको रुपमा व्याख्या गर्दै उनले भने, ‘म एक अद्वितीय खेलाडी हुँ । यहाँ हुनु राम्रो छ। मैले त्यहाँका सबै कीर्तिमान तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु । म यहाँ जित्न, खेल्न र खेलको आनन्द लिन आएको छु ।

रोनाल्डोले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका धेरै आकर्षक अफर अस्वीकार गरेको बताए । उनी साउदी फुटबलमा योगदान दिन चाहन्थे।

अल-नासर क्लबका अध्यक्ष मुसाली अल मुअम्मरले पनि रोनाल्डोलाई स्वागत गर्दै आफ्नो उपलब्धि बताए । रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो । यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेर सामाजिक सञ्जालमा समेत लेखिएको थियो ।

तर साउदी अरेबियाको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूको अन्त्य भएको छ । बीबीसी

प्रतिक्रिया