आइतबार, असार १५, २०८२

कांग्रेसले भन्यो : अवसरवादीहरू सत्ताका लागि मिले, सरकारको आयु लम्बेला जस्तो लाग्दैन

नेपालखोज २०७९ पुष २० गते १६:०१

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन अवसरवादीहरुको भएको आरोप लगाएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले पदीय चाहनाबाट उन्मुख भएको बताए ।

उनले विचार र दृष्टिकोणमा कुनै एकता नभएको बताए । कुन दलले महत्वपूर्ण जिम्मेवादरी पाउने भन्ने विषयमा अहिलेसम्म रुमल्लिरहेको टिप्पणी गरे । पदकै कारणले सत्ता गठबन्धनको आयु छोटिनसक्ने आंकलन गरे ।

महतले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिए । उनले प्रतिपक्षमा भएपनि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया